एण्डी मुरे टेनिसको तेस्रो चरणबाट बाहिरिए

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ११ : ४८
एण्डी मुरे टेनिसको तेस्रो चरणबाट बाहिरिए

एजेन्सी । बेलायती एण्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । गएराति भएको खेलमा १० औं वरियताका क्यानडियन खेलाडी डेनिस शापोभालोभसँग पराजित भएका हुन् ।

दुई पटकका विजेता ३४ वर्षे मुरेलाई डेनिसले ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् । यस्तै बेलाती डान एभिन्सपनि अन्तिम १६ मा पुग्न सकेनन् ।

उनलाई अमेरिकी सेबास्टियन कोर्डाले पराजित गरेका हुन् । विम्बल्डनमा पहिलो पटक सहभागी भएका कोर्डाले डानलाई ६–३, ३–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस