प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बुधबार

मंगलबार, २७ चैत्र २०७४, १८ : १३
प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बुधबार

जनकपुरधाम । प्रदेश नं २ सरकारकोे नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुने भएको छ ।

सभामुख सरोजकुमार यादवले आज प्रदेशसभाको १२ औँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउँदै सो जानकारी दिनुभएको हो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस