सुदूरपश्चिम प्रदेशसभा : ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’  पारित

रासस

विहीबार, १७ असार २०७८, १७ : ३७
सुदूरपश्चिम प्रदेशसभा : ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’  पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको  छ । उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए । 
 
यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए ।  अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने थप बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस