धनुषा  र सिरहा लाई जोड्ने कमला नदीको पुल भासियो

रासस

विहीबार, १७ असार २०७८, १७ : ३३
धनुषा  र सिरहा लाई जोड्ने कमला नदीको पुल भासियो

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा  र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । रू २४ करोड ४२ लाखका लागतमा  सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । 

 सो कम्पनीले समयमा पुल निर्माण  नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही  असार १३ गते निर्माण  सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस