चितवनमा तीन संक्रमितको मृत्यु, ८५ संक्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १६ : १९
चितवनमा तीन संक्रमितको मृत्यु, ८५ संक्रमित थपिए

चितवन । बितेको २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा १ जना, पुरानो मेडिकल कलेजमा १ जना र नयाँ मेडिकल कलेजमा १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा ८५ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न अस्पतालबाट ३५ जना निको भएर फर्केका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २३० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस