इस्पिरितो सान्तो टोट्टेनह्यामको नयाँ प्रशिक्षक नियुक्त

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १४ : ५३
इस्पिरितो सान्तो टोट्टेनह्यामको नयाँ प्रशिक्षक नियुक्त

एजेन्सी । इंलिस क्लब टोट्टेनह्यामले उभ्ल्सका पूर्व प्रशिक्षक नुनो इस्पिरितो सान्तोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । सान्तोसँग टोट्टेनह्यामले दुई वर्षको सम्झौता गरेको हो । 

ग्त अप्रिलमा होसे माउरिन्होलाई बर्खास्त गरेयता टोट्टेनह्याम निरन्तर नयाँ प्रशिक्षकको खोजीमा थियो ।  माउरिन्होको बर्खास्तीपछि रायन मासोनले २०२०÷२१ को सिजन बाँकी रहेका खेलहरुमा अन्तरिम प्रशिक्षकको भूमिका निभाएका थिए । टोट्टेनह्यामले यसअघि एन्टोनियो कोन्टे र पाउलो फोन्सेकालाई पनि प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो, तर उनीहरुले यो प्रस्ताव अस्विकार गरे । 

पोर्चुगिज प्रशिक्षक सान्तोले चार वर्षे कार्यकालपछि यसै सिजन उल्भ्स वन्डर्रर्स छाडेका थिए । उनको प्रशिक्षणमा २०१८–१९ र २०१९–२० को सिजन लगातार उल्भ्सले प्रिमियर लिगमा सातौं स्थान हासिल गरेको थियो । त्यस्तै, १०१८–१९ को सिजन युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको थियो । 
‘जब हामीसँग क्षमता र प्रतिभासहितका खेलाडीहरुको टोली हुन्छ । तब हामी समर्थकलाई गर्विलो र खुसी बनाउन चाहन्छौं,’ नयाँ क्लबमा आएका सान्तोले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस