कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि ,४१ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १६ : ३७
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि ,४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

जबकी सो दिन ११ हजार ७ सय ४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।