चितवन । चितवन जिल्लामा कोरोना संक्रमणबाट निको हुनेभन्दा संक्रमित हुनेको संख्या दिनहुँ बढी छ । बितेको २४ घन्टामा चितवनमा १०४ जना कोरोना संक्रमित थपिँदा जम्मा ४३ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा अस्पतालबाट ३४ जना डिस्चार्ज भए ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज चितवनका दुई अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । दुई जना चितवन जिल्ला बाहिरका छन् । भरतपुर अस्पतालमा एक जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।
चितवनका अस्पतालमा २२० जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । आईसीयूमा ९० जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा २८ जना र जेनरल बेडमा १०२ जना बिरामी रहेका छन् । चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार १९८ जना पुगेको छ । चितवनमा कोरोना संक्रमणबाट २८२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु