एमाले विवाद नयाँ मोडमा : मिलाउलान् केपी ओलीले माधव नेपाललाई ?

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, ०९ : १९
एमाले विवाद नयाँ मोडमा : मिलाउलान् केपी ओलीले माधव नेपाललाई ?

काठमाडौं । एमालेको केपी ओली पक्षले आफैले बनाएको पार्टी महाधिवेशन आयोजक कमिटि भंग गरेर ३ जेठ ०७५ अघिको केन्द्रीय कमिटीको संरचना ब्युँताउने तयारी गरेको छ । आइतबार संस्थापन पक्षको स्थायी समितिको बैठक बसेर आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । निर्णय अनुसार असार १६ मा दशौं महाधिवशेन आयोजक कमिटिको बैठक बोलाउने निर्णय ओली पक्षले गरेको हो ।

यही बैठकले आयोजक कमिटि भंग गर्ने र ३ जेठ २०७५ अघिको केन्द्रीय संरचना ब्यूँताउने औपचारिक निर्णय लिन लागेको हो  । २ जेठ २०७५ मा पार्टी संरचना फर्काउनुपर्ने निरन्तर माधव नेपाल र झलनाथ खनाल पक्षको माग र सर्वोच्च अदालतले समेत आयोजक कमिटिले गरेका निर्णय केन्द्रीय समिति सरहको मान्यता नहुने आदेश पछि एमालेको संस्थापन पक्ष निक्कै अप्ठयारोमा परेको थियो । ओलीले त्यही अफ्ठयारो फुकाउने प्रयासका लागि मात्रै आयोजक कमिटि भंग गरेर ३ जेठ २०७५ को पार्टी संरचना ब्यूँताउने निर्णय लिन लागेका हुन् । त्यसो गर्दा उनले दुई वटा निसाना एकैपटक चलाउन खोजेका छन् ।

पहिलो विपक्षी काँग्रेस, माओवादी केन्द्र लगायतसँग पार्टीकै वरिष्ठ नेता माधव नेपाल समुहको जोडिएको गठबन्धन तोडनु, माधव नेपालका माग सम्वोधन गरेको सन्देश दिनु र एमाले मिलाउन आफुले अधिकतम पहल गरेको जिकिर गर्नु । दोस्रो माधव नेपाल समुह सहमतिमा आएन भने पनि त्यो समुहका नेता कार्यकर्तालाई पार्टीले गर्ने कारवाही लगायतलाई आयोजक कमिटिका तर्फबाट निर्णय लिदा अदालतले वैधानिकता नदिने हुँदा त्यो अप्ठयारो पनि फुकाउनु । ‘मुख्यतः एउटै निर्णयबाट दुई तिरै निसाना लगाउने गरी आयोजक कमिटि भंग गरी ३ जेठ २०७५ अघिको अवस्थामा पार्टी संरचना फर्काउने निर्णय लिन लागिएको हो, ओली निकटका एक स्थायी समिति सदस्यले भने ।

यो पक्षले ओलीले महाधिवेशन आयोजक कमिटि बैठक आव्हान गरेपछि छुट्टै छलफल समेत गरिसकेको छ । हिजै नेता सुरेन्द्र पाण्डेको निवासमा  खनाल–नेपाल समूहका दोस्रो तहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई छलफलमा बसेका हुन् । तर नेपाल खनाल पक्षकै भीम रावल, युवराज ज्ञवाली लगायत नेताहरु भने ओलीले पार्टी नै मिलाउन खोजेको हो भने पहिले माधव नेपाल सँगै बसेर सहमति तयार पार्नुपर्ने बताएका हुन् ।

सर्वोच्चमा रहेको संसद विघटनको मुद्दामा सर्वोच्चले फेरि पनि पूर्नस्थापना गरिदियो भने के गर्ने ? भन्ने भयमा पनि ओली यतिबेला देखिएका छन् । पूर्नस्थापना पछिको राजनीतिक गोटी चाल्नका लागि पनि उनले अहिले नेपाल समुहलाई फकाउने, मिल्दासम्म एमालेमै आफ्नै नेतृत्वमा फर्काउने, त्यसो हुन नसकेपनि नेपाल समुह टुक्राउने र माधव नेपाल पक्षलाई असाध्यै कमजोर बनाउने योजनामा ओली देखिएका छन् । तर नेपाल पक्ष अहिले २ जेठ २०७५ मा फर्किने विषयमा मात्रै माधव नेपाल पक्ष सन्तुष्ट हुने पक्षमा छैन् । उसले ओलीले गरिरहेका असम्वैधानिक कदममा आत्मआलोचना गर्नुपर्ने, एक पद एक व्यक्तिको निति अवलम्वन गर्न तयार हुनुपर्ने र विघटन गरेको संसद पूर्नस्थापनाका लागि भूमिका खेल्नुपर्ने लगायतका माग थप गरेको छ ।

शीर्ष नेताहरूबीच विवादित विषयमा सहमतिबिनै एकपक्षीय रूपमा ओली पक्षले बैठक राख्ने र गरिने यस्ता निर्णयलाई मान्न नसकिने झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सर्त राखेको छ । ओलीले संसद पूर्नस्थापना भयो भने फेरि कसरी आफै सरकारमा टिक्ने र माधव नेपाल पक्षलाई कसरी आफ्नै टिममा फर्किने बाताबरण बनाउने भन्ने रणनीति अनुसार गतिविधि गरिरहेका छन् ।उनले १६ असारको महाधिवशेन आयोजक समितिको बैठकपछि त्यही बैठकवाट नेपाल पक्षलाई औपचारिक रुपमा एकताको अपिल पनि गर्ने तयारी गरेको छ । त्यसो गर्दा नेपाल पक्षका योगेश भटटराई, गोकर्ण विष्ट , सुरेन्द्र पाण्डे लगायत नेताहरु जो ओलीसँग मिल्न खुटटा उचालिरहेका छन्, उनीहरुलाई भएपनि तान्न सकिने विश्वासमा ओली पक्ष छ ।

यो पक्षले ओलीले महाधिवेशन आयोजक कमिटि बैठक आव्हान गरेपछि छुट्टै छलफल समेत गरिसकेको छ । हिजै नेता सुरेन्द्र पाण्डेको निवासमा  खनाल–नेपाल समूहका दोस्रो तहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई छलफलमा बसेका हुन् । तर नेपाल खनाल पक्षकै भीम रावल, युवराज ज्ञवाली लगायत नेताहरु भने ओलीले पार्टी नै मिलाउन खोजेको हो भने पहिले माधव नेपाल सँगै बसेर सहमति तयार पार्नुपर्ने बताएका हुन् ।

 ‘बैठक बस्ने नै हो भने पहिले अध्यक्ष ओलीले झलनाथ खनाल, माधव नेपालसँग बसेर सहमति गर्नुपर्छ, अरूसँग गरेको छलफल र समझदारीले कुनै अर्थ राख्दैन,’ खनाल नेपाल पक्षका नेताहरु बताउँछन् । तर ओलीले आफ्नो स्टेप चालिरहेपनि राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेता वेदुराम भुषालले एकाएक एमाले परित्याग गरेको घोषणा गदै राष्ट्रिय सभामा आफुलाई स्वतन्त्र सांसदको रुपमा रहन दिन संसद सचिवालयमा निवेदन दिएपछि एमाले विवाद नयाँ मोडमा पुगेको छ ।

नेपाल पक्ष ओलीसँग झुक्न तयार छैन् भन्ने भुषालको दल परित्यागले पनि प्रमाणित गरेको छ । भुषाल माधव नेपाल कोटरीका खास नेता हुन् ।
‘नेकपा भंग भएर पुरानै संरचनामा फर्किएपछि नारायणकाजी श्रेष्ठलगायतले माओवादीमा क्रियाशील हुन चिठी दिनुभएछ । मैले पार्टी मिलिहाल्यो भने किन दिनु भनेर दिएको थिइनँ । तर, १७ असारमा राष्ट्रिय सभाको बैठक डाकेपछि एमाले वा माओवादी कुन दलतिर बस्ने प्रश्न आउने भएपछि आफ्नो पोजिसन खुलाउनुपर्ने स्थिति आयो र स्वतन्त्र सांसदको व्यवहार गरियोस् भनेर पत्र बुझाएँ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस