मन्त्री पद छाडे लगत्तै एमाले नेता प्रदिप ज्ञवालीले सार्वजनिक गरे आफ्नो सम्पत्ती विवरण

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, ०८ : ०४
मन्त्री पद छाडे लगत्तै एमाले नेता प्रदिप ज्ञवालीले सार्वजनिक गरे आफ्नो सम्पत्ती विवरण

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री रहँदाको अवधिमा आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको बताएका हुन्।

पूर्वमन्त्री ज्ञवालीले आफूले मन्त्री हुँदाका बखत विदेश भ्रमण बापतको लेभी, पारिश्रमिक बापत्को लेभी, पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापतको रकम सरकारी कोषमा दाखिला भएको बताएका छन् ।

यस्तै, उनले हाल आफ्नो खातामा भएको रकमबारे पनि खुलाएका छन्। यसैक्रममा ‘केही घरायशी सामान तथा दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु,’ उनले भनेका छन्।

यस्तै, उनले नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई बधाइ तथा शुभकामना पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबाट शुक्रबार मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्।  

प्रतिक्रिया दिनुहोस