सामाजिक संजाल फेसबुक ह्याक गर्दै ठगी धन्दा

पत्रपत्रिकाबाट

बुधबार, १९ जेठ २०७८, ०८ : ३४
सामाजिक संजाल फेसबुक ह्याक गर्दै ठगी धन्दा

फिदिम। काभ्रेका पत्रकार नगेन्द्र अधिकारीलाई बुधबार (२०७८ जेठ १२ गते) अर्का पत्रकार सञ्जय पन्थीको म्यासेज आयो। जुम मिटिङमा जोडिन भनेर पन्थीले पठाएको म्यासेजमा मिटिङमा जोडिनका लागि कोड नम्बर पनि पठाइएको थियो। अधिकारीले कोड नम्बर हेरे र जोडिने प्रयास गरे। तर, उनी जुममा जोडिन सकेनन् । 

‘भिडियो कलमा एकजना पत्रकार साथीसँग बोल्दै जुममा जोडिने प्रयास गर्दै थिएँ,’ अधिकारीले भने ‘जुममा जोडिनुको साटो एक्कासी म्यासेन्जर डिस कनेक्ट भयो। फेसबुकमा लग इन गर भनेर देखायो ।’

अधिकारीले मोवाइल र ल्यापटप दुवैरित फेसबुक लग इन गरेका थिए। ल्यापटमा पनि फेसबुक डिसकनेक्ट देखायो। फेसबुक कनेक्ट गर्ने प्रयास गरिरहेका अधिकारीलाई प्रेस युनियनका अध्यक्ष कपिल कोइरालाको फोन आयो। ‘तिमी आँफै मसँग कुरा गर्दैछौ कि अरु कसैले तिम्रो फेसबुक चलाएकोे रु कोइरालाले अधिकारीलाई प्रश्न गरे ‘किन चाहिएको तिमीलाई पैसा ?’

अधिकारीले आफ्नो फेसबुकह्याक भएको र पैसा आफूले नमागेको उत्तर दिए। त्यही समयमा नगेन्द्रको आइडीबाट कोइरासँग पैसा मागिएको थियो। कोइरालाले पासवर्ड परिवर्तन गर्न सुझाव दिए। फेसबुक ह्याक भएको तीन मिनेटमा अधिकारीले पासवर्ड परिवर्तन गरे। म्यासेन्जर खोलेर हेर्दा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको एउटा म्यासेज थियो। ‘भाइमैले पैसा पठाइदिएको छु,’नगेन्द्र छक्क परे, ‘त्यो म्यासेज देखेपछि मलाई शंकालागेर बद्रिराज दाइलाई फोन गरेँ।’

म्यासेन्जरमा भनेको एकाउन्टमा बद्रिराजले ५० हजार पैसा ट्रान्सफर गरिदिए छन्। नगेन्द्रको फेसबुक ह्याक गरेर आफूलाई पैसा मागेको थाहा पाएपछि बेदराज छाँगाबाट खसे। ‘मैले साथीलाई पैसा पठाइदिनु पर्ने थियो, मेरो बैंक एकाउन्टमा समस्या आयो। तपाइसँग छ भने राकेश राईको खातामा पठाइदिनुन भनेर म्यासेज आएको थियो,’ बद्रिराजले भने ‘नगेन्द्रले भनेपछि मैले नपठाउने कुरा भएन, मोवाइलबाट ५० हजार राकेश राईको खातामा तत्काल ट्रान्सफर गरिदिए।’

फोनमा कुराकानी भएपछि मात्र नगेन्द्रको फेसबुक ह्याक भएको बद्रिराजले थाहा पाए। ह्याकरले नगेन्द्रसँग निकट भएका मानिसलाई पैसा मागेको थियो। ‘यो बीचमा मसँग नजिक रहेका अधिकांशलाई पैसा मागिएको रहेछ,’नगेन्द्रले भने। जसमध्ये बद्रिराजले ५० हजार पैसा पठाइसकेका थिए। तीनमिनेटको अवधिमा ह्याकरले उक्तकाम गरेको उनीहरुको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस