मालीको नेताहरुलाई जतिसक्दो चाँडो रिहा गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

एजेन्सी

बुधबार, १२ जेठ २०७८, १४ : ३१
मालीको नेताहरुलाई जतिसक्दो चाँडो रिहा गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराएका हुन ।उनका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियालीरहेका छन् ।

मालीको सैनिक सरकारले पछिल्लो समयमा यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा उनलाई पूर्ण जानकारी रहेको बताएका छन्।

त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गरेका छन् ।मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिएका पनि उनका  महासचिव डुजारिकले मंगलबार प्रकाशन  गरेको विज्ञप्तिमा जनाइएको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस