नयाँ दिल्ली । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४३ हजार ७ सय ७७ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा झण्डै ११ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८ सय ४६ पुगेको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४ सय ३३ पुगेको थियो ।
भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९ हजार २ सय ९६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ जेठ २०७८, ११ : २३
लेखकबाट थप