पछिल्लो २४ घण्टामा भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

एजेन्सी

शुक्रबार, ०७ जेठ २०७८, ११ : ४८
पछिल्लो २४ घण्टामा भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । २ लाख ५९ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार २ सय ९५ जना डिस्चार्ज भएका छन् ।

भारतमा अहिलेसम्म कुल २ करोड ६० लाख संक्रमित छन् भने २ करोड २७ लाख संक्रमणमुक्त भएका छन् ।हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ३१ जना पुगेको छ भने ३० लाख २७ हजार भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।


 

प्रतिक्रिया दिनुहोस