चीनले नेपालको परियोजनालाई निरन्तरता दिने

एजेन्सी

शुक्रबार, २४ बैशाख २०७८, १३ : ३४
चीनले नेपालको परियोजनालाई निरन्तरता दिने

काठमाडौं। कोरोनाको दोस्रो लहरको बाबजुद पनि नेपालमा संचालित चिनियाँ परियोजनाले कामहरुलाई निरन्तरता दिने भएका छन् ।महामारीविरुद्धको लडाइमा ती चिनियाँ परियोजनाले नेपालीलाई साथ दिने निर्णय गरेको समाचार ग्लोबल टाइम्सले लेखेको छ ।

‘हामीले कोभिडको दोस्रो लहर बढ्दै गर्दा केही समयका लागि निर्माण कार्यलाई पोस्टपोन्ड गर्ने निधो गरेका छौं’ नाम उल्लेख नगर्ने सर्तमा एक चिनियाँ परियोजनाका व्यवस्थापकले ग्लोबल टाइम्सलाई भने ।

चिनियाँ सहयोगमा संचालन भैरहेको अर्को एक परियोजनाका व्यवस्थापकले पनि सरकारी प्रोजेक्टहरुले सामाजिक दूरी कायम गर्दै संचालन हुने बताएको समाचारमा उल्लेख छ ।

‘अहिलेको क्षणमा महामारी निकै बढिरहेको छ र हामीले यो क्षणमा नेपाल छाड्ने सोच गराएका पनि छैनौं’ ती म्यानेजरले भने ।नेपाल ओभरसिजन चाइनिज एसोसिएसनका उपाध्यक्ष चेन जिआयोसाङले महामारीको अवस्था खराब हुँदै गए नेपाललाई आवश्यक पर्ने स्वास्थ्य उपचारका सामाग्रीहरु प्रदान गर्ने बताए ।कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री आपूर्तिका लागि संस्थाले ‘लभ फार्मेसी’ स्थापना गर्ने योजना बनाइरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस