भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित थपिए, ३४ सयको मृत्यु

एजेन्सी

सोमबार, २० बैशाख २०७८, ११ : ०६
भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित थपिए, ३४ सयको मृत्यु

दिल्ली । भारतमा सोमबार ३ लाख ६८ हजार १ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।

भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।

भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।