कोरोना सँग लड्नु नै सबैको साझा दायित्व हो : उपप्रधानमन्त्री पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १३ : ५२
कोरोना सँग लड्नु नै सबैको साझा दायित्व हो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना सँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

सबैले हातेमालो गर्दै अगाडी बढ्न र जवाफदेही बन्न अपील गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए ।

अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको बताए । स्थानिय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

सरकारले लागु गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे ।

अहिले जनता आफैपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए । सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकिय भुमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे ।
 

प्रतिक्रिया दिनुहोस