सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउन प्रतिबद्ध छौ : उपप्रधानमन्त्री पोखरेल

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १८ : ४९
सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउन प्रतिबद्ध छौ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो प्रतिबद्धता जनाएका हुन् ।उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु समेत आग्रह गरे  ।

बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन समेत दिएका छन् । सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन आग्रह गर्दै उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गरे ।  सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने समेत उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस