एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति चीनको प्रयोगशालाबाटै भएकोबारे अन्तिम निश्कर्षका लागि थप अनुसन्धान आवश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्ष्पट पारेको छ ।
मंगलबार डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोमले कोरोना भाइइस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना न्यून रहेको बताउँदै यसका लागि ब्यापक अनुसन्धानको आवश्यकता रहने बताए । सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा कोरोना भाइरस पहिलोपल्ट पत्ता लागेको थियो । चीन सरकारले आफ्नो प्रयोगशालाबाट भाइरस फैलाएको भन्ने आरोप लगातार अस्वीकार गरिरहेको छ ।
नोभेल कोरोना भाइरसको पहिलो पहिचान भएयटा विश्वकपमा अहिलेसम्म २७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म १ अर्ब २७ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । भाइरसको उत्पत्तिबारे अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरु सम्मिलित एक टोली गएको जनवरीमा वुहान पुगेको थियो ।
तर उनीहरुको अनुसन्धान चीनले उपलब्ध गराएको नमूना र प्रमाणहरुमा सीमित बनेको थियो । डब्लूएचओका अध्यक्षले सार्वजनिक रुपमै अनुसन्धानमा अप्ठेरो भएको भन्दै स्वतन्त्र अनुसन्धानको वातावरण माग गरेका थिए । यो टिमले सबै सम्भावनाको जाँच गरेको थियो, जसमध्ये वुहान इन्स्टिच्युड अफ भाइरोलोजीबाट उत्पत्ति भएको सम्भावनाबारे पनि थियो । कोरोना भाइरसबारे तथ्यंक, भण्डारण र अध्ययनका लागि यो इन्स्टिच्युड विश्वकै अग्रणी संस्था हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ चैत्र २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै