कारबाही अस्वीकार्य : नेपाल समूह

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १६ : ४७
कारबाही अस्वीकार्य : नेपाल समूह

काठमाडौं । नेकपा एमालेको नेपाल समूहले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । 

नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको मंगलबार बसेको बैठकले वरिष्ठ नेता  नेपाल र उपाध्यक्ष  रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको हो । पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने यो समूहले निर्णय गरेको छ ।

‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजनलाई छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘यस्तो पार्टी विधान, पद्धति र समान्यता विपरितको कार्यको हामी भत्र्सना गर्दर्छौं ।’

प्रतिक्रिया दिनुहोस