प्रेस सेन्टर चितवनको छलफलको निष्कर्ष : पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकतामा जोड

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १९ : ०६
प्रेस सेन्टर चितवनको छलफलको निष्कर्ष : पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकतामा जोड

चितवन । चितवन प्रेस सेन्टर चितवनले आसन्न पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकतामा जोड दिएको छ । भरतपुरमा आज बिहीबार आयोजित छलफल तथा प्रशिक्षण कार्यक्रममा चैत २५ मा हुने निर्वाचनमा जिल्ला स्थित पत्रकार सम्वद्ध संघसंगठनसँग सहकार्य गरी प्रेस सेन्टरकै नेतृत्वमा अगाडि बढ्न संगठन तयार रहेको निर्णय गरिएको हो। 

महासंघको आसन्न निर्वाचनका लागि संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् चितवन जिल्ला सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा समिति समेत तय गरिएको जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिए। 
संयोजक अधिकारीले चितवन सधैं नमूना जिल्लाका रुपमा स्थापित रहेकोले यसपटक पनि सबैसँगको एकता नै पहिलो खुड्किलो भएको बताए।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख मेयर रेनु दाहालले चितवन पत्रकारिताको हिसाबले अत्यन्तै अनुशाषित र मर्यादित भएको उल्लेख गर्दे सबै मिलेर अगाडि बढ्दा राम्रो सन्देश जाने र पत्रकारका लागि खास काम गर्न सकिनेमा जोड दिए। 

पत्रकारका लागि विभिन्न्न तवरले सहयात्री बन्न आफु र महानगर सधैं तयार रहेको उनको भनाइ थियो। प्रचार विभाग प्रमुख आरसी अधिकारीले चितवनका पत्रकारहरु देशमै रोलमोडलमा रुपमा प्रस्तुत गर्न सकिने उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि एकता कायम गर्न आग्रह गरेका थिए ।

सहभागी पत्रकारहरुले यसपटक प्रेस सेन्टरकै नेतृत्वमा महासंघको नयाँ संरचना बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले प्रेस सेन्टर शशक्त र अनुशाषित र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हैसियतमा रहेकोले पत्रकार सम्वद्द सबै संगसंगठनहरुलाई एकताको भावना प्रस्तुत गर्न आव्हान गरेका छन्।

प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले प्रेस सेन्टर सबै पत्रकारहरुको अभिभावक बन्न सक्ने भन्दै सबैलाई संघसंठनलाई एकताबद्ध हुन आव्हान समेत गरेका छन् । सेन्टरका उपाध्यक्ष सूर्य पाठकले स्वागत गरेको कार्यक्रम सचिव राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस