साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १५ : ५९
साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए ।

उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस