मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १३ : ३९
मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनको आह्वानमा बुधबार नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

निगमले केही दिन पहिले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १६ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस