ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

पत्रपत्रिकाबाट

विहीबार, २९ माघ २०७७, ०८ : ०९
ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले थुना राख्न आदेश दिएको छ।

ढकाललाई न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुन्न आदेश दिएको हो। 

२०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १सय७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय ३६ रोपनी व्यक्तिको नाम गराउन बिचौलियाको भूमिकामा रहेका ढकालविरुद्ध अख्तियारले ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो।

ढकालले ललिताको निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाम कायम गराउन मूख्य भूमिका निर्वाह गरेका थिए। ढकाल र रामकुमार सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको छानबिन समितिले भूमाफिया भनेर किटान गरेर कारबाहीका लागि सिफारिस गरेको थियो।

ढकाल ललिता निवासको जग्गा व्यक्तिको नाममा कायम गर्ने प्रक्रियामा प्रारम्भदेखि नै संलग्न रहेको देखिएको विशेष अदालतको आदेशमा उल्लेख छ।ढकालका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा,विश्वनाथ दाहाल, केदारप्रसाद दाहाल र समिर शर्मालगायतले बहस गरेका थिए। अन्नपूर्णपोस्टमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस