प्रदेश नम्बर ५ मा मन्त्रिपरिषद विस्तार

सोमबार, ०५ चैत्र २०७४, २० : १३
प्रदेश नम्बर ५ मा मन्त्रिपरिषद विस्तार

बुटवल । प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । nमुख्यमन्त्री शंकर पोखरेलले आज तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  । प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा (माओवादी केन्द्र) का कुलप्रसाद केसी र नेकपा (एमाले) कावैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

मन्त्रीमा आज नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीकासुदर्शन बराल (सामाजिक विकास) रहेका छन् । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गरे । रासस

प्रतिक्रिया दिनुहोस