देश नं १ मा १९ जना कोरोना सङ्क्रमित थप

रासस

शुक्रबार, २४ पुस २०७७, १८ : ३८
देश नं १ मा १९ जना कोरोना सङ्क्रमित थप

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

थप सङ्क्रमितहरुमा मोरङको विराटनगरमा पाँच र सुनसरीमा पाँच, झापा र इलाममा चार÷चार र प्रदेश बाहिर एक रहेका छन् । 

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९७ जना छन् । यस प्रदेशमा सोही अवधिमा ५१ जना सङ्क्रमित निको भएका छन् भने उनीहरु होम आइसोलेसन ४७ र विभिन्न कोभिड अस्पतालबाट घर फर्केका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।

यसप्रदेशमा अहिलेसम्म दुई लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस