कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १४ : ५७
कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

नवलपुर । नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको गैंडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। उनकाअनुसार सडकबाट करिब १०० मिटरको दूरीमा ट्रकबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो।

मृतकको परिचय खुलिसकेको छैन। गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ट्रक खसेको हो। ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल  खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस