विश्वकपको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : ५०
विश्वकपको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ ।

विश्व फुटबलको नियमक निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन् ।

रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस