पपुवा न्युगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

विहीबार, ०१ चैत्र २०७४, १५ : २९
पपुवा न्युगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले खराब ब्याटिङ गर्दै २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन बनाएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपालका लागि आज सन्दिप लामिछाने पुन: उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले आफ्नो ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४ विकेट लिँदै शान्दार बलिङ गरे । उनले आफ्नो ४ ओभर २ बलमा १४ रन खर्चेका थिए । नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि एकएक विकेट लिए ।

पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रनको योग्दान दिए भने जेसन किलाले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले क्रिजमा लामो समय टिक्न दिएनन् । अब नेपाल केहि बेरमै ब्याटिङ गर्न उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस