एक दिवसीय मान्यता पाउन नेपालले पपुवा न्युगिनीलाई जित्नैपर्ने

विहीबार, ०१ चैत्र २०७४, ०९ : १४
एक दिवसीय मान्यता पाउन नेपालले पपुवा न्युगिनीलाई जित्नैपर्ने

आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग आज प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका खेलाडीलाई रोके नेपाल एक दिवसीय मान्यता नजिक छ तर त्यति सजिलो भने छैन ।

पपुवा न्युगिनी निकै बलियो राष्ट्रका रुपमा चिनिन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौथो हुँदै विश्वकप छनोटमा स्थान बनाएको टिम हो । तर जारी विश्वकप छनोट प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल पनि जित हात नपारेको पपुवा न्युगिनीमाथि नेपालले जित हात पारे, एक दिवसीय मान्यता पाउने सम्भावना प्रवल छ । नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ । तर, नेपाल पपुवा न्युगीनिसँग पराजित भएमा नेपालले इतिहास रच्ने सुनौलो अवसर गुमाउनेछ ।

नेपालले जितेमा र हङकङले नेदरल्याण्डलाई पराजित गरेमा नेपाल र हङकङ सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सातौँ स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस