डब्लूएचओ प्रमुख सेल्फ क्वारेन्टिनमा

एजेन्सी

सोमबार, १७ कार्तिक २०७७, १४ : ००
डब्लूएचओ प्रमुख सेल्फ क्वारेन्टिनमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले आफूलाई सेल्फ क्वारेन्टिन गरेका छन् । ५५ वर्षीय घेब्रेसियस एक कोरोनासंक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

हालसम्म विश्वभर ४ करोड ६८ लाख ९ हजार २५२ जना कोरोनाभाइरसबाट संक्रमित बनिसकेका छन् भने १२ लाख ५ हजार १९४ जनाले ज्यान गुमाइसकेका छन् । ३ करोड ३७ लाख ५३ हजार ७७० जना ठीक पनि भएका छन् ।

संक्रमणको हिसाबले अमेरिका सबैभन्दा शीर्ष स्थानमा रहेको छ भने भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसपछि क्रमशः शीर्ष दश स्थानमा रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कालम्बिया, बेलायत र मेक्सिको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस