सिजी ल्यान्डमार्कमा दसैं, तिहार र छठको मेगा फेस्टिभ अफर

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : १२
सिजी ल्यान्डमार्कमा दसैं, तिहार र छठको मेगा फेस्टिभ अफर

चितवन । भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले दसैं, तिहार, छठ जस्ता चाडपर्वको अवसर पारेर आकर्षक उपभोक्ता मुखी स्किम ‘मेगा फेस्टिभ अफर’ सार्वजनिक गरेको छ ।

उक्त स्किम अन्तर्गत मलमा एक हजार रुपैयाँ भन्दामाथिको किनमेल गर्नेग्राहकमध्ये एकजनाले यामाहाको रे जेड स्कुटर जित्न सक्ने मलम्यानेजर उज्ज्वल केसीले जानकारी दिएका छन् । उनकाअनुसार उक्तमलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिङ गर्ने ग्राहकले एउटा लक्की ड्र कुपन निःशुल्क पाउनेछन् । स्किमको अवधि सकिएपछि ती कुपनहरुलाई समावेश गरेर लक्की ड्रमार्फत विजेता चयन गरिने केसीको भनाइ छ । 

लक्की ड्रबाट यामाहाको रे जेड स्कुटरका अलावा गोदरेजको वासिङ मेसिन र रेफ्रिजिरेटर, सिजीको एलइडी टिभी, मोबी हबबाट सामसङ स्मार्टफोन, गोदरेजको माइक्रोवेभ ओभन, सिजीको भ्याकुमक्लिनर, डिआर साइकलबाट किड साइकल, इभो मोबइलबाट बार मोबाइलफोन १० थान, जंगल सफारी लजमाभ्याकेसन प्याकेज २५ जनालाई प्रदान गरिने उनले जानकारी दिए । 

त्यसैगरी मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका १० वटा भ्याकेसन प्याकेज पनि उपहारमा राखिएको छ । १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजबाट हेल्थ केयर प्याकेज प्रदान गरिने केसीको भनाइ छ । 

मलले दसैं किनमेललाई सुरक्षित बनाउन विशेष सुरक्षा सावधानी अपनाएको केसीले जानकारी दिए । व्यवस्थापनले ग्राहकको स्वास्थ्य सुरक्षालाई उच्चप्राथमिकता दिँदै सामाजिक दुरी, माक्स, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर मल सञ्चालन गरिरहेको छ । व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरे÷नगरेको सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत निगरानी गरिने केसीको भनाइ छ । मलव्यवस्थापनले सामाजिक दुरीको लागिमार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निसंक्रमित गर्ने गरेको केसीले जानकारी दिए । 

‘हामीले ग्राहकमहानुभावहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं,’ केसीले भने, ‘जो कोहीले पनि निर्धक्कसँग मलमा आएर आफ्नो आवश्यकताअनुसार वस्तु र सेवा लिन सक्नुहुन्छ । हामी कठिन परिस्थितिकाबीच पनि ग्राहक महानुभावहरुको दसैंलाई उत्सवमय बनाउन प्रयासरत छौं ।’ 

प्रतिक्रिया दिनुहोस