चितवनका व्यवसायी सुवेदी सम्मानित

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १५ : ५८
चितवनका व्यवसायी सुवेदी सम्मानित

चितवन । चितवन जिल्लाका व्यवसायी रामप्रसाद सुवेदी सम्मानित भएका छन् । सुवेदीलाई जनसेवा श्री पाँचौ पदकबाट सम्मानित गर्ने सरकारले घोषणा गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुवेदी सम्मानित हुने कार्यक्रम रहेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको उपाध्यक्ष, राम मिष्ठान्न भण्डार र श्रीराम पार्टी प्यालेसका सञ्चालक सुवेदी यसअघि विसं २०५२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट गोरखा दक्षिणबाहु चौथो पदकवाट सम्मानित भएका थिए ।

त्यस्तै, यसअघि सुवेदी २४ औं प्रहरी दिवसमा रमेशचन्द ठकुरीद्वारा सम्मानित, ६४ औं प्रहरी दिवसमा सर्वेन्द्र खनालद्वारा सम्मानित, तत्कालीन गृहमन्त्री भीम रावलका समयमा समाज सेवा पदकवाट बिभूषित, तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधिद्वारा समाजसेवा रत्न पदकबाट सुवेदी सम्मानित भएका थिए । 

प्रतिक्रिया दिनुहोस