काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मध्यान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो १२ वजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले क्याबिनेट बैठक बोलाएका हुन् ।
असोज ३ मा मनाइदै गरेको संविधान दिवसका दिन वितरण गरिने विभिन्न प्रकारका विभूषणहरुका विषयमा निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाईएको एक मन्त्रीले बताएका छन् । तर यो बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुर्ननियुक्तिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा दर्ता गराएको प्रस्ताव आज ओलीले निर्णायार्थ पेश गर्ने नगर्ने भन्नेमा भने केही खुलेको छैन् ।
मन्त्रिपरिषद् बैठक बस्न लागेको पूर्वसन्ध्यामा उर्जा मन्त्री वर्षमान पुनका स्वकिय सचिव तथा नेकपाका केन्द्रीय सदस्य दुर्गा प्रसाद चापागाईले उर्जामन्त्रीले गत सोमबारकै मन्त्रिपरिषद्को बैठकमा कुलमान घिसिडलाई आगामी चार वर्षका लागि नियुक्त गर्ने प्रस्ताव पेश गरेको र हाल उक्त प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा विचाराधिन रहेको बताएका थिए ।
साथै उनले अबको बैठकमा उक्त प्रस्ताव पारित हुने अपेक्षा लिएको बताएका थिए । उनले मन्त्रिपरिषद्को बैठक बस्न लागेको पूर्वसन्ध्यामा सामाजिक सन्जालमा त्यस्तो लेखेपछि भने यो प्रस्ताव आजको बैठकमा जाला नजाला चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै