नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १३ : ४३
नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

फाइल तस्विर

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । डुङ्गामा सवार अन्य छ जना भने पौडी खेलेर बाँच्न सफल भएका छन् । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस