बोस्टन आइटी क्लवले तीन दिने निःशुल्क आइटी तालिम दिँदै, तालिमपछि प्रतिस्पर्धा गराइने

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १८ : २२
बोस्टन आइटी क्लवले तीन दिने निःशुल्क आइटी तालिम दिँदै, तालिमपछि प्रतिस्पर्धा गराइने

चितवन । भरतपुर १० मा रहेको बोस्टन इन्टरनेशनल कलेज अन्तर्गत बोस्टन सेन्टर फर आइटी क्लबको आयोजनामा ३ दिने आइटी सम्बन्धि तालिम संचालन हुने भएको छ । तालिम आगामी असोज तीन गतेदेखि तीन दिनसम्म चल्ने क्लवका अध्यक्ष मनिष कंडेलले जानकारी दिए ।

वेव डिजाइन, डिजिटल मार्केटिङ, आधारभुत एप्लीकेसन डेभलपमेन्ट ट्रेडिङ, साइबर सुरक्षा तालिम, माइक्रोसफ्ट अफिस र ग्राफिक्स डिजाइन मध्ये फारमको आधारमा एउटा तालिमम दुई दिनसम्म संचालन हुनेछ । दुई दिनसम्म तालिम संचालन भएपछि १ दिन प्रतिस्पर्धा हुनेछ जसलार्इ सिक्दै, गर्दै, जित्दै (लर्न एक्ट विन) नाम दिइएको छ ।

प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः तीन हजार, दुई हजार र एक हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । तालिमको लागि प्लस टु का र बोस्टन ईन्टरनेशनल कलेज विधार्थिहरुले फारम भर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस