डब्लूएचओले भन्यो : ‘कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा आउँछ’

एजेन्सी

शनिबार, ०६ भदौ २०७७, ०८ : २७
डब्लूएचओले भन्यो : ‘कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा आउँछ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्ष भित्र नियन्त्रणमा आउने विश्वास व्यक्त गरेको छ । विश्वभरि कोरोना भाइरस संक्रमण फैलिएको आठ महिनापछि डब्लु्एचओले सो विश्वास व्यक्त गरेको हो ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको भएपनि उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वासमा आफूहरु रहेको बताए ।

उनले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरे । स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म रहेको थियो ,।

त्यसले विश्व २ करोड मानिसको ज्यान लिएको थियो । उनले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः जोड दिएका छन्।

सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो। कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस