सरकारी कर्मचारी अझै पनि पूरानै मानसिकतामा रहेका छन् : मुख्यमन्त्री पौडेल

शुक्रबार, १८ फागुन २०७४, १८ : २९
सरकारी कर्मचारी अझै पनि पूरानै मानसिकतामा रहेका छन् : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कर्मचारीले सहयोग नगरेको गुनासो गरेका छन् । उनले सरकारी कर्मचारीको मानसिकता परिवर्तन नभए विकासमा समस्या पर्नसक्ने शंका समेत व्यक्त गरेका छन् । ‘सरकारी कर्मचारी अझै पनि पूरानै मानसिकतामा रहेका छन्, यसले समस्या हुनसक्छ’ मुख्यमन्त्री पौडेलले बताएका छन् ।

शुक्रबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यावसायी संघ र नारायणी यातायात व्यावसायी संघले संयुक्त रुपमा गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारी आदेश अटेर गर्दै कर्मचारीहरु मन्त्रालयमा नआउँदा कतिपय कामहरु गर्न असहज भएको बताए ।

आफ्नो मन्तव्यको धेरै समय सरकारी कर्मचारीप्रति कटाक्षमा बिताएका पौडेलले कर्मचारीमा पूरानै मानसिकता रहेको र काठमाडौंमै सरुवा थमौतीका लागि दलहरुको दैलो पुगिरहेकाले जनताको सेवा गर्न कठिनाई भएको दाबी समेत गरे । कार्यक्रमलाई उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस