प्रदेश ३

‘चौतर्फी समस्यामा प्रदेश सरकार’ : मुख्यमन्त्री पौडेल

शुक्रबार, १८ फागुन २०७४, १२ : ५०
‘चौतर्फी समस्यामा प्रदेश सरकार’ : मुख्यमन्त्री पौडेल

मकवानपुर । नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारलाई चौतर्फी समस्याहरु रहेको बताएका छन् । आज मकवानपुरको हेटौँडामा नारायणी यातायात व्यवसायी संघ , मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघको संयुक्त आयोजनामा भएको मुख्यमन्त्री तथा अन्य मन्त्रीका साथमा सांसदहरुलाई गरिएको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हालसम्म पनि प्रदेशसरकार संचालनको लागि पर्याप्त कर्मचारी नआउनु , निति तथा नियमहरुको तर्जुमा भइनसक्नु जस्ता समस्याहरु रहेकोले  विकास निर्माणको काम गर्न सोचे जस्तो वातारण तय भइनसकेकोले प्रदेश सरकारलाई काम गर्न ठूलो चुनौति रहेको उनले बताए । विभिन्न समस्याका बावजुद पनि अब प्रदेश सरकारले एक स्टेप फड्को मारेर काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा उद्योग पर्यटन तथा बन मन्त्री अरुण नेपालले राजनितिक क्रान्तिको चरण समाप्त भईसकेको र अब मन्त्री तथा सांसदहरुले विकास निर्माणको लागि ध्यान दिनुपर्ने बताए । अन्यथा जनताले  अब विस्वास नगर्ने उनले बताए । मुलुकको अस्थायी सरकारको कारण हाल व्यहोर्नुपरेको समस्या पनि समाधानको लागि पहल गर्नुपर्ने उनले अडान लिए । काम नगर्ने जो कसैलाई कारवाही गर्नुपर्ने र काम गर्नेको सम्मान हुनुपर्ने भन्दै उनले काम नगरेको अवस्थामा आफुपनि मुलुक र जनताको अहितमा लागेको अवस्थामा कारवाही भोग्न तयार रहेको बताए ।
कार्यक्रममा यातायात  क्षेत्र अन्तर्गत रहेका समस्याहरु  ,सडक दुर्घटना बढ्नु ,भारतिय गाडीहरुको संचालनमा बृद्धि हुनु ,  सडक विस्तार नहुनु , जस्ता बिषयमा मन्त्री तथा सांसदहरुले समस्या सुल्झाउन सहयोग गर्ने आस्वाशन समेत दिए । उद्योग तथा  वाणिज्य क्षेत्रका समस्याहरु ,  हेटौंडा औधोगिक  क्षेत्रका  उद्योगहरु  संचालनमा नआउनु व्यवसायीहरुको लागि उचित निति तथा नियम तय नगरीनु  बजार अनुगमन सहि रुपमा नहुनु जस्ता समस्याको बिषयमा समेत मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले  यस्ता समस्या समाधानको लागि समेत सम्मानितहरुलाई अनुरोध गरेका थिए ।
मउवा संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा  ३ नम्वर प्रदेशका सभामुख सानुकुमार क्षेष्ठ , कृष्ण दहाल , ओम घलान ,मुनु शिग्देल , कुमारी मोक्तान , , नायारायणी यातायात व्यवसायी सघका अध्यक्ष हिरालाल क्षेष्ठ ,निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष बालकुमार मल्ल लगाएतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस