नेपाल तपोवन हो, बुद्धको कारण हामी धनी छौँ : सभामुख श्रेष्ठ

विहीबार, १७ फागुन २०७४, १६ : ५१
नेपाल तपोवन हो, बुद्धको कारण हामी धनी छौँ : सभामुख श्रेष्ठ

मकवानपु । ३  नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपाल तपोवन भएको भन्दै नेपालीहरु ब्ुद्धकै कारण धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले भगवान बुद्धको देश भएकोले नेपालीहरुले गौरव गर्न पाएको बताए । ‘नेपाल तपोभूमि पनि हो, विश्वले नेपाललाई तपोभूमिको रुपमा बुझ्दछन् ।’ उनले भने । कार्यक्रममा बोल्दै सांसद तथा कार्यक्रमका विशेष अतिथि कुमारी मोक्तानले ३ नम्बर प्रदेशलाई सबै हिसाबले एक नम्बर बनाउन काम गर्न आफुहरु तयार रहेको बताईन् । गुम्बा र गाउँपालिकाको विकासमा सबै प्रकारको सहयोग पुराउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि एवं भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले गाउँपालिकाले गुम्बालाई जुनसुकै परिस्थितिमा पनि सधैँ सहयोग गर्ने बताए । साथै गुम्बाको विकासको लागि दिर्घकालिन योजना बनाई अघि बढ्ने उनले बताए ।

उग्र्येन याङफेल लिङ बौद्ध गुम्बाको आयोजनामा भएको पूजामा प्रमुख अतिथी ३ नम्बर प्रदेश सभामुख श्रेष्ठ, विशेष अतिथि मोक्तान, अतिथि गाउँपालिका अध्यक्ष लामा सहित नेपाल पत्रकार महासंघका निवर्तमान उपाअध्यक्ष गिरिजा अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस