मदन–आश्रितको शालिकमा कृषि मन्त्री लामाले गरे माल्यार्पण

विहीबार, १७ फागुन २०७४, १० : ५०
मदन–आश्रितको शालिकमा कृषि मन्त्री लामाले गरे माल्यार्पण

प्रदेश ३ का नवनियुक्त कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनको दासढुंगाास्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । बुधबार मन्त्री पदको सपथ र पदभार ग्रहण गरेलगत्तै मन्त्री लमाले आज विहान दासढुंगा पुगेर जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

माल्यार्पण पश्चात बोल्दै मन्त्री लामाले मदन–आश्रितको सपना साकार पार्न आफू कटिवद्ध रुपमा लागि पर्ने बताउनुभएको छ । उहाँले मदन–आश्रितले देखाएको बाटोमा नै देश अगाडि बढेको भन्दै अब देशमा आर्थिक समृद्धि र विकासको लहर चल्ने बताउनुभयो । मदन–आश्रित जिवित नभएपनि उहाँहरुको जिवित विचारले देशलाई समृद्धि, सुशासन र समाजवाद उन्मुख बनाउन प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

यस्तै मन्त्री लामाले आफूले पहिलो काम सुकुम्बासी समस्या समाधान गर्नु नै रहेको भन्दै वैज्ञानिक ढंगले यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा नयाँ नीति निर्माण गरि देशमा सुकुम्बासीको अवस्था नै नरहने गरि काम गर्नुपर्ने बताउनुभयो । यस्तै कृषि मन्त्री लामाले देशमा परम्परागत कृषि प्रणालीमा खेती हुँदै आईरहेको भन्दै यसलाई छोडेर आधुनिक कृषि प्रणाली अपनाउन प्रोत्साहन गरिने बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस