प्रदेश ३

प्रदेश नम्बर ३ को सात सदस्यीय बैठक सम्पन्न, ४ महत्वपूर्ण निर्णयहरु पारित

बुधबार, १६ फागुन २०७४, २० : ३५
प्रदेश नम्बर ३ को सात सदस्यीय बैठक सम्पन्न, ४ महत्वपूर्ण निर्णयहरु पारित

मकवानपुर । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठक बुधबार साँझ सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा निर्णयहरु गरेको छ । आज नियुक्त भएका ४ मन्त्रीहरुको शपथ ग्रहण गरेसँगै भएको बैठकले निर्णयहरु गरेको हो ।
सात सदस्यीय मन्त्रीपरिषद बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ । त्यस्तै नयाँ कानुन बनाउने अवधारणाको ढाँचा स्विकृत समेत आजको बैठकले गरेको छ ।
बैठकले केहि सार्वजनिक लिखित प्रमाणीकरण सम्वन्धमा बनेको विधेयक २०७४ को सैद्धान्तिक सहमति र राजपत्रको ढाँचा स्विकृत तथा प्रकाशन विषयमा निर्णय समेत गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस