३ नम्बर प्रदेशमा आज यी ४ जना मन्त्री हुने निश्चित

बुधबार, १६ फागुन २०७४, १४ : ५९
३ नम्बर प्रदेशमा आज यी ४ जना मन्त्री हुने निश्चित

मकवानपुर । प्रदेश नम्बर ३ को आज हुने मन्त्री परिषद विस्तारमा नेकपा एमालेका ३ जना र माओवादी केन्द्रको १ जना मन्त्री हुने लगभग निश्चित भएको छ । मुख्यमन्त्रीको कार्यालय निकट श्रोत अनुसार आज ४ जना मन्त्रीहरु नियुक्त हुनेछन् । मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ ।
पछिल्लो पटक प्राप्त जानकारी अनुसार नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल शरद सामाजिक विकास मन्त्रीमा नियुक्त हुने लगभग निश्चित जस्तै भएको छ । मुख्यमन्त्री निकट श्रोतका अनुसार उनी मन्त्री हुने शतप्रतिसत निश्चित भएको हो ।
त्यस्तै आज हुने मन्त्रीपरिषद बिस्तारमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले मन्त्रीमा नियुक्त भई सपथ ग्रहण गर्ने लगभग निश्चित भएको श्रोतको दाबी छ । नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउने लगभग निश्चित छ ।  बाहिरी दवाब नभएका यी चार जना नै आज मन्त्रीमा नियुक्त हुने तथा शपथ ग्रहण गर्ने श्रोतको दाबी छ ।

यस अघि नै  ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस