कसरा चेक पोष्टमा आधुनिक शौचालय निर्माण हुने

सफल खबर संवाददाता

सोमबार, १५ असार २०७७, २१ : ०९
कसरा चेक पोष्टमा आधुनिक शौचालय निर्माण हुने

चितवन । चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । 

भरतपुरमा रहेको चितवन ग्रिन लायन्स क्लबले माडी ठोरी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो । लायन्स क्लब इन्टरनेशन ३२५ बि टु का सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम् क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

करीब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरीएको छ । तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरीने कार्यक्रमका संयोजक एवम् क्लबका ईलेक्ट अध्यक्ष सुमन कोइरालाले बताए ।

आधुनिक शौचालयमा छुटा छुटै तीन वटा कोठामा, अपाङ्गमैत्री एक वटा, महिलाहरुको लागि तीन वटा र पुरुषको लागि चार वटा युरिनल र एक वटा ट्वाईलेट रहने छ । राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माण गर्न लागिएको बातावरण मैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा बन्यजन्तु संरक्षण सम्बन्धी सुचनाहरुका लागि सुचनापाटी समेत राखिने क्लबका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनु पर्ने परिस्थिती हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको महत्व बिशेष रहने बताए ।

त्यस्तै स्थापना काल देखीनै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको यस क्लबले सार्वजनिक शौचालयको निर्माण सुरु गरेकोमा कार्यक्रमका प्रमुख अतीथी रामप्रसाद भट्टले खुशी व्यक्त गर्दै शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस