नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ ।
यही असार १२ गते भारतको मुम्बईबाट आएर बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०७७, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु