बूढीगण्डकीको बजेट घट्यो

पत्रपत्रिकाबाट

शुक्रबार, १२ असार २०७७, ०८ : १७
बूढीगण्डकीको बजेट घट्यो

काठमाडौं । सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७-७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो । आयोजनाको मोडालिटी निर्माण गर्ने भनेर सरकारले यस वर्ष आठ अर्ब रुपियाँ छुट्याएको छ, बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले भने, “यसले घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ”

तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उनले बताए । उक्त मुआब्जा वितरणका लागि १० अर्ब रुपियाँभन्दा बढी रकम आवश्यक हुने विज्ञहरूको दाबी छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस