स्थायी समितिको साझा एजेण्डा तय गर्न ओली र प्रचण्ड बिचको बैठक निष्कर्षविहिन

मंगलबार, ०९ असार २०७७, २२ : ११
स्थायी समितिको साझा एजेण्डा तय गर्न ओली र प्रचण्ड   बिचको बैठक निष्कर्षविहिन

काठमाडौं । स्थायी समितिको साझा एजेण्डा तय गर्नका लागि भएको नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको बैठक निष्कर्षबिहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा साझा एजेण्डा बनाउने विषयमा सहमति बन्न नसकेको हो।   कुनै एजेन्डा बन्न नसके पछि बुधबार बिहान बैठक पुनः बस्ने भएको छ । एजेण्डा तय भएपछि सचिवालय बैठकले अनुमोदन गर्ने र स्थायी समितिमा पेश गर्ने बताइएको छ ।

नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी बैठक बोलाइएको छ । तर एजेण्डाबारे सहमति बन्न नसक्दा बैठक समय पर धकेलिन सक्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस