कोरोनाको जोखिम बढेपछि अत्तरिया बजार बन्द

शनिबार, ०६ असार २०७७, १५ : ०९
कोरोनाको जोखिम बढेपछि अत्तरिया बजार बन्द

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय  बन्द गरिएका छन्  ।  

गोदावरी नगरपालिकाको आग्रह र  उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।  सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते  गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस