चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।
हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उहाँले बताउनुभयो । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उहाँको भनाइ छ ।
चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उहाँले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताउनुभयो । उहाँले यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० जेठ २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी
बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिएपछी...
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे