नर्भिक अस्पतालकी बिरामीमा काेराेना पुष्टि भएपछि पठाइयाे पाटन

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, १८ : ०९
नर्भिक अस्पतालकी बिरामीमा काेराेना पुष्टि भएपछि पठाइयाे पाटन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा लगिएको छ । नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ की ६१ वर्षीया महिलामा  कोरोना संक्रमण पुष्टि पुष्टि भएको हो ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए । नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो। सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्‍वाब सं‌कलन गरेर पठाइएको थियो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन, आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस